जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी निर्वाचन आयोग पुगेका छन्।
समानुपातिक बन्द सूची फिर्ता लिनका लागि दुई नेताहरू आयोगको कार्यालय पुगेका हुन्।
निर्वाचन आयोगले समानुपातिक सूची फिर्ता लिनका लागि आज अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ।
जसपा र लोसपाले पार्टी एकता गरिसकेका छन्।
दुवैले एउटै चुनाव चिह्नबाट चुनाव लड्ने भएपछि दुवैले समानुपातिक सूची फिर्ता लिएर एकीकृत सूची बुझाएका हुन्।