नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ।
दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबारसम्म लम्बिएको हो।
बैठक मंगलबारसम्म लम्बिएको विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य-सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिए।
मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन्।
'महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ,' उनले भने, 'यो क्रम मंगलबार पनि चल्नेछ। त्यसपछि मात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ।'