पार्टी एकीकरणको सम्झौता गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीले समानुपातिकतर्फ एउटै सूची तयार पार्ने भएका छन्।
दुबै दलले १२ बुँदे सहमति गर्दै आतइबार पार्टी एकीकरण गर्ने निर्णय गरेका थिए।
यसअघि छुट्टाछुट्टै समानुपातिक तर्फको सूची बुझाएका दुई दल अहिले निर्वाचन आयोगको एउटा कोठामा बसेर एउटै सूची बनाउन कस्सिएका हुन्।
सूची एउटै बनाउन लोकतान्त्रिक समाजवादी पार्टीबाट समानुपातिक तर्फको सूचीमा भएका सबैको नाम फिर्ता गरिएको छ। फिर्ता गरिएकाहरूलाई जनता समाजवादी पार्टीको सूचीमा मिलाएर एउटै सूची बनाउन लागिएको हो।
दुबै दलले आइतबार जनता समाजवादी पार्टी र छाता चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका थिए। सूची एउटै बनाउन पार्टी अध्यक्ष उपेन्द्र यादव र लोसपाका शरतसिंह भण्डारी आयोगमा पुगेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर राष्ट्रिय सभाका लागि उम्मेदवार बनेका छन्। पार्टी एकतापछि ठाकुर जनता समाजवादी पार्टी नेपालका संरक्षक र यादव अध्यक्ष भएका छन्। दुबै दलले एकतापछि ४३ सदस्यीय केन्द्रीय समन्वयन समिति बनाएका छन्। जसबाट ११ सदस्यीय सचिवालय बनाउने तयारी छ।