नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने कांग्रेसले जनाएको छ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा पुस २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ। केन्द्रीय समिति बैठकमा यहीबारे छलफल हुनेछ।