नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र मंगलबार सुरू भएको छ।
भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन्।
यसबीच कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार १ बजे बस्दैछ। विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय समिति बैठकमा भाग नलिने बताइसकेका छन्।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशनको बन्द सत्रमा कार्यविधि पारित भइसकेको अवस्था रहेको र आज पनि बन्द सत्र चल्ने भएकाले आफूहरू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने बताएका छन्।
'विशेष महाधिवेशनको बन्द सत्रमा अहिलेको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव भएको छ, ती प्रस्तावमाथि बन्द सत्रमा आज पनि छलफल हुन्छ, त्यसैले हामी केन्द्रीय समिति बैठकमा सहभागी हुँदैनौं,' उनले भने।