नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन आज काठमाडौंमा सकिने भएको छ।
पार्टीको विधान २०१७ (संशोधनसहित), नियमावली २०७६ तथा विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ र निर्वाचन निर्देशिका २०८२ बमोजिम निर्वाचन प्रक्रिया अगाडि बढाइएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनले निर्वाचन कार्यतालिका केहीबेरमा ल्याउने पनि बताएका छन्।
विशेष केन्द्रीय महाधिवेशनबाट निर्वाचित हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन काठमाडौं जिल्ला भृकुटीमण्डपमा आयोजना गरिएको छ। निर्वाचनको सम्पूर्ण प्रक्रिया सञ्चालन गर्न विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समिति गठन गरिएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालय, काठमाडौंमा समितिको बैठक बसेर निर्वाचन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले तोकिएको कार्यविधि र निर्देशिकाअनुसार पारदर्शी र व्यवस्थित ढंगले निर्वाचन सम्पन्न गरिने जानकारी दिएको छ।