नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत् भृकटीमण्डपमा जारी बन्दसत्रमा मतदाता नामावली प्रकाशन भएको छ।
वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय समितिले आज राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने गरी तालिका प्रकाशित गरेको थियो।
मतदान प्रक्रिया भने आज दिउँसोदेखि सुरू हुने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ।
जस अनुसार साढे १२ बजेसम्म प्रथम मतदाता नामावली प्रकाशन गर्ने र २ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने कार्यसूची छ। कांग्रेमा ४७४३ महाधिवेशन प्रतिनिध छन्। त्यसमध्ये केहीको मृत्यु भइसकेको छ। विशेष महाधिवेशनका लागि ६३ प्रतिशतले महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको दाबी छ।
निर्वाचन कार्यक्रमअन्तर्गत २ देखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने, साढे ४ बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गर्ने तालिका छ।
अन्तिम नामावली ८ः४५ बजे प्रकाशन गर्ने र राति ९ बजेदेखि मतदान हुने तालिकामा उल्लेख छ।