नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।
जसअनुसार मंगलबार बेलुका ९ बजेदेखि भोलि बिहान १ बजेसम्म मतदानको कार्यक्रम तय भएको छ।
भृकुटीमण्डपमा बन्द सत्रमा अहिले मनोनयन दर्ताको फाराम वितरण तयारी भइरहेको छ। मतदाता नामावली प्रकाशन भएको छ।
मनोनयन दर्ताका लागि २ देखि ३ बजेसम्मको समय दिएको छ।
साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।
निर्वाचनले पदाधिकारी र केन्द्रीय समिति चयन गर्नेछ।
पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनयन दर्ताका लागि निर्वाचन समितिले शुल्क निर्धारण गरेको छ।
जसअनुसार सभापतिमा उम्मेदवारी दिन ३० हजार रूपैयाँ शुल्क तोकिएको छ।
केन्द्रीय उपसभापति र महामन्त्रीका लागि समान २५ हजार रूपैयाँ शुल्क निर्धारण भएको छ।
त्यस्तै सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ शुल्क तोकिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए।
केन्द्रीय सदस्य पदका लागि भने १० हजार रूपैयाँ शुल्क तोकिएको छ।