नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आएका छन्।
आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशनको तेस्रो दिन उनी सहभागी हुन भृकुटीमण्डप आएका हुन्।
उनले नीति र नेतृत्व परिवर्तन गर्नका लागि आफू विशेष महाधिवेशनस्थल आएको बताए।
सुर्खेत-२ बाट प्रतिनिधि सभामा भारी मतले विजयी भएका नेता थानी कर्णाली प्रदेशमा प्रभावशाली नेता मानिन्छन्। उनी शेखर कोइराला निकट मानिन्छन्।