नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरू आपसी छलफल विशेष महाधिवेशन पक्षधरसँग संवादमा व्यस्त भएपछि केन्द्रीय समिति बैठक सुरू हुन सकेको छैन।
कांग्रेस मुख्य सचिवले दिउँसो १ बजेका लागि बैठक डाकेका थिए।
तर देउवा पक्षका अधिकांश नेताहरू छलफलमा जुट्दा साढे ४ बजेसम्म बैठक सुरु हुन नसकेको हो।
केन्द्रीय सदस्यहरू भने निर्धारित समयदेखि नै पार्टी कार्यलयमा उपस्थित छन्।
शीर्ष नेताहरू नआइपुगेकाले बैठक सुरू हुन नसकेको एक केन्द्रीय सदस्यले बताए।
स्रोतकाअनुसार अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्का,शेखर कोइराला, कृष्ण सिटौला, धनराज गुरूङ, शशांक कोइराला र विमलेन्द्र निधि लगायतका छलफल छन्।
विशेष महाधिवेशन पक्षले भने केन्द्रीय समिति बैठकमा भाग नलिने बताइसकेका छन्।
विशेष पक्षका चार नेताहरू संस्थापन पक्षसँग वार्तामा पनि छन्। केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे बिहानैदेखि संस्थापनसँग छलफलमा छन्।