नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम मात्रै नभई विद्रोह भएको बताएका छन्।
मंगलबार साँझ बन्दसत्रको अन्त्यमा बोल्दै थापाले अहिलेको विशेष महाधिवेशन नियमित कार्यक्रम मात्रै नभई विद्रोह भएको बताएका हुन्।
‘यो एउटा नियमित कार्यक्रम होइन। हामी एउटा विद्रोहमा सहभागी भएका छौं। यो विद्रोह हो। मैले अस्ति पनि भनेँ फेरि पनि दोहोर्याउँछु। प्रश्न गर्नु भनेको आफैमा पनि एउटा विद्रोह हो,’ उनले भने, ‘कहिलेकाहीँ मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो। हामीले प्रश्न गर्यौं। प्रश्न हाम्रो लागि गरेको होइन।’
उनले इतिहासमा अहिलेको विशेष महाधिवेशनको छुट्टै स्थान रहने र गर्व गर्न मिल्ने पनि उनले बताए।
‘नेपालको इतिहासमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको छुट्टै महत्वका साथ लेखिनेछ। २०१४ सालमा मैले विशेष महाधिवेशनमा भाग लिएको भनेर हाम्रो मञ्चमा गर्वका साथ ओमकार श्रेष्ठ हिजो उभिनुभयो। र हामीले उहाँको कुरा सुन्यौं। धेरै वर्ष पछाडि २०८२ सालमा नेपाली कांग्रेसको विशेष महाधिवेशनमा म पनि सहभागी भएको थिएँ भनेर आज उपस्थित भएकोमध्ये हामी सबैले गर्वका साथ उभिने मौका पाउँछौं।’