नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजेका लागि स्थगित भएको छ।
ललितपुरको सानेपास्थित प्रवक्ता प्रकाशशरण महतले पत्रकारहरूसँग कुराकानी गर्दै केन्द्रीय समितिको बैठक स्थगित भएको बताए।
उनका अनुसार बैठक बुधबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको हो।
मंगलबार बसेको बैठक केहीबेरमै अन्त्य भएको हो।
अहिले नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच छलफल चलिरहेको छ। वार्ता समिति नै बनाएर पार्टी एकता कायम राख्ने बताउँदै वार्ता समिति नै बनाएर छलफल गरिरहेको छ।
महतले आज बसेको केन्द्रीय समितिको बैठकले नियमित अधिवेशनमार्फत नै नेतृत्व चयन गरी अघि बढ्नुपर्नेबारे छलफल भएको बताए।
‘आज हामी हलमा बैठक बसिरहँदा छलफल गरेर सम्पूर्ण पार्टी पंक्ति एक भएर जानुपर्छ। नियमित महाधिवेशन भएर नेतृत्व चयन गर्नुपर्छ भन्नेमा स्पष्ट थियौं, छौं,’ उनले भने।
केन्द्रीय कार्य सम्पादन समितिको निर्णयका बावजुद पनि विशेष महाधिवेशनको आयोजन भए पनि त्यसका बावजुद पनि लचक भएर छलफल र संवाद भइरहेको बताए।