नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ। महामन्त्री विश्वप्रकाश शर्माले प्रतिस्पर्धा हुने पदमा विद्युतीय भोटिङ मेसिनद्वारा चुनाव गराइने बताएका हुन्।
विशेष महाधिवेशनअन्तर्गत जारी बन्दसत्र नयाँ नेतृत्व चयनतर्फ अग्रसर भएको छ। मंगलबारदेखि नै मनोनयनदर्ता सुरू भएको थियो। बुधबार बिहान पनि समय थप गरिएको थियो।