नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ गते हुने चुनावमा जाँदा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा होइन भनेर जनतामाझ जाऔं भनेको बताएका छन्।
बुधबार भृकुटीमण्डपमा बोल्दै जो सभापति भए पनि देउवा होइन भनेर जानसक्नुपर्ने विषय रहेको उनले बताए।
‘नेपाली कांग्रेस पार्टीले यो चुनावमा प्रधानमन्त्रीको उम्मेदवार गगन थापा भनेको होइन। जसलाई बनाउने हो बनाउनुस्। तर नेपाली कांग्रेस पार्टीले अब चुनावमा जाँदै गर्दा यत्ति त भनेर जाऔं- प्रधानमन्त्रीको उम्मेदवार श्री शेरबहादुर देउवा होइन भनेर त जाऔं, अरू जसलाई बनाए पनि हुन्छ भनेको हो,’ उनले भने, ‘अपमान गरेर भनेको होइन। देश र जनतामाझ भन्नुपर्ने बाध्यता छ।’
कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ।