नेपाली कांग्रेसका दुई महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।
यसअघि महामन्त्रीका लागि उम्मेदवारी दिएका विश्वप्रकाश शर्माले फिर्ता लिएका छन्। उनको ठाउँमा गुरूराजलाई महामन्त्री उम्मेदवारी दिएका हुन्।
दुई उपसभापतिमध्ये एकमा फरमुल्लाह मन्सुरको उम्मेदवारी परेको छ। उनी यसअघि सहमहामन्त्री थिए।
सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ।
सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री हुन्।
कांग्रेसमा एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित गर्नेछ। त्यस्तै, महाधिवेशनले ८ सहमहामन्त्रीसमेत निर्वाचित गर्नेछ।
नेपाली कांग्रेसको विधानअनुसार सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ वटा क्लस्टर छुट्टयाइएको छ।
निर्वाचन समितिका संयोजक सीताराम केसीले सबै पदमा उम्मेदवारी परेको जानकारी दिए। सबै उम्मेदवारको सूची केही बेरमै सार्वजनिक गरिँदैछ।