नेपाली कांग्रेसको निर्वाचन समितिले बुधबार मध्यरात विशेष महाधिवेशनको हलमा गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेपछि उनलाई सबभन्दा पहिला विश्वप्रकाश शर्माले अँगालो मारे र माला लगाइदिएर शुभकामना दिए।
यही विशेष महाधिवेशनले विश्वप्रकाशलाई उपसभापति निर्वाचित गरेको छ। शर्मा र पुष्पा भूसाल उपसभापति निर्वाचित भएका छन्।
तस्बिरः नेपाल फोटो लाइब्रेरी








