नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रधान न्यायाधीश नियुक्ति सिफारिसको स्थापित परम्परालाई संवैधानिक परिषद बैठकले तलमाथि नगरोस् भनेका छन्।
आज संवैधानिक परिषद बैठक बस्दैछ। प्रधान न्यायाधीश नियुक्ति सिफारिस एजेन्डा छ।
‘संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री बालेन्द्र शाहकाे अध्यक्षतामा परिषदकाे बैठक आज बस्दैछ। जानकारिमा आएअनुसार सर्वाेच्च अदालकाे प्रधानन्यायाधीशकाे नियुक्ति आज गरिँदैछ। करिब ४ दशक देखिकाे प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषदले तलमाथि नगराेस्, नभए धेरै ठूलाे असुरक्षा र अनिश्चितताले न्यायालयमा डरलाग्दाे अस्थिरता आउने छ, जसले हाम्राे स्थापित लाेकतान्त्रिक प्रणालीमा बहुआयामिक प्रभाव पार्ने खतरा उत्पन्न हुन सक्नेछ? त्यसैले सर्वसम्मतिले निर्णय गरियाेस्! विशेष गरि परिषदका अध्यक्षजीकाे गम्भीर ध्यानाकर्षण,’ उनले आज सामाजिक सञ्जाल एक्समा लेखेका छन्।