सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको महानिर्देशकमा डंगोललाई नियुक्त गर्ने निर्णय गरेको हो।
यसबारे सरकार प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।
उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको रूपमा कार्यरत थिए।