प्रतिनिधि सभा बैठक बस्दैछ।
सोमबार दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा सरकारले ल्याएको बजेटमा छलफल हुनेछ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबारको प्रतिनिधि सभा बैठकमा बजेट प्रस्तुत गरेका थिए।
आज उनैले बजेटमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसपछि सबै दलका सांसदहरूले बजेटबारे छलफलमा भाग लिनेछन्।
यसपालिको बजेटको आकार २१ खर्ब २४ अर्बको छ।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने छ।
बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।