पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लाई केही दिन अस्पतालमै राखिने भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।
अस्पतालले आइतबार विज्ञप्ती जारी गरी उनलाई निमोनियाको हल्का संक्रमण देखिएको र त्यसको उपचार सुरू गरिएको जानकारी दिएको छ।
अहिले उनको स्वास्थ्य स्थिर रहेको पनि अस्पतालले जानकारी दिएको छ।
अस्पतालले आगामी २/३ दिन चिकित्सकको निगरानी र हेरचाहमा राखिने जानकारी दिएको छ।
स्वास्थ्यमा समस्या देखिएका कारण प्रचण्ड शुक्रबार गणतन्त्र दिवसको समारोहमा सहभागी भएनन्।
शुक्रबार दिउँसो सरकारले बजेट प्रस्तुत गर्दा संसदमा पनि उनी अनुपस्थित थिए।
