नेकपा एमालेको दुई दिने कार्यशाला सुरू भएको छ।
सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणासम्बन्धी दुई दिने कार्यशाला आजदेखि सुरू भएको हो।
अध्यक्ष केपी शर्मा ओलीले उक्त कार्यशालाको उद्घाटन गरेका छन्। अध्यक्ष ओली लामो समयपछि आज पार्टी कार्यक्रममा सहभागी भएका हुन्।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि ओली पार्टी कार्यक्रममा सहभागी भएका थिएनन्। बालेन शाह नेतृत्वमा नयाँ सरकार बनेपछि जेनजी आन्दोलन घटनासम्बन्धमा पूर्वप्रधानमन्त्री ओलीलाई नियन्त्रणमा लिइएको थियो।
अदालतको आदेशपछि ओली रिहा भएका थिए। यही बेला ओलीको स्वास्थ्य उपचार पनि गरिएको थियो। स्वास्थ्यलाभ गरिरहेका ओली आजदेखि पार्टी कार्यक्रममा सहभागी भएका छन्।
तस्बिरहरू-
-1780466965.jpg)
-1780466965.jpg)
-1780466965.jpg)
-1780466965.jpg)
-1780466965.jpg)
-1780466963.jpg)
-1780466963.jpg)
-1780466964.jpg)
-1780466964.jpg)
-1780466964.jpg)
-1780466964.jpg)