नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल तरूण दल अध्यक्षमा दिल लामालाई मनोनीत गरेका छन्।
देउवा पक्षले बनाएको १५ औं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले काभ्रेका लामालाई तरूण दल अध्यक्ष मनोनीत गरेका हुन्।
कोइरालाले दिएको पत्रअनुसार कात्तिक १२ गते लामालाई तरूण दल अध्यक्ष मनोनीत गरिएको उल्लेख छ।
लामालाई ६ महिनाभित्र तरूण दलको महाधिवेशन गर्ने गरी अध्यक्षमा मनोनीत गरिएको हो।
देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्दैछन्। उक्त महाधिवेशनअघि लामालाई तरूण दल अध्यक्ष बनाइएको हो। लामा लामो समयदेखि तरूण दलकै राजनीतिमा छन्।