नेकपा एमालेका अध्यक्ष केपी ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।
पार्टीले बुधबार बबरमहलमा आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालामा उनी सहभागी भएका हुन्।
कार्यक्रम समयमै सुरू भए पनि केही पदाधिकारीहरू भने ढिलो आएका थिए।
पार्टी महासचिव शंकर पोखरेल अध्यक्ष ओली आएको केहीबेरमा आइपुगे। नेता प्रदीप ज्ञवाली पनि ढिलो आइपुगेका थिए।
एमालेको प्राय: कार्यक्रममा हल भरिने भए पनि केही कुर्सी खाली देखिएका छन्।
तस्बिरहरू:
-1780469122.jpg)
-1780469123.jpg)
-1780469123.jpg)
-1780469122.jpg)
-1780469121.jpg)
-1780469122.jpg)
-1780469123.jpg)
-1780469122.jpg)
-1780469122.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी