नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीलाई इतिहासकै ठूलो धक्का लागेको बताएका छन्।
जेनजी आन्दोलन हुँदै निर्वाचनसम्म पुग्दा पार्टीलाई ठूलो धक्का लागेको उनले बताए।
सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणासम्बन्धी दुई दिने कार्यशालामा बोल्दै उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनले यतिबेला धक्काको सामना गरेको छ, भदौ २३-२४ हुँदै फागुन २१ को निर्वाचनसम्म आइपुग्दा हामीले धेरै ठूलो धक्का र क्षति बेहोरेका छौं।’
उनले कम्युनिस्ट आन्दोलन फेरि उठ्ने पनि बताएका छन्।
‘हो, हाम्रो आन्दोलनले धेरै ठूलो धक्का बेहोरेको छ, २००६ सालदेखि आजसम्मको इतिहासको समग्र मूल्यांकन गर्ने हो भने सबैभन्दा ठूलो धक्का र पराजय हो,’ उनले भने, ‘हामी यो धक्का र असफलताबाट शिक्षा लिएर फेरि उठ्नेछौं।’
उनले देशको समग्र राष्ट्रहित, जनता र कार्यकर्तातिर फर्केर आफूहरूको विगतको समीक्षा गरिने पनि बताए।