भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले शुक्रबार बिहान अयोध्यास्थित राम मन्दिर पुगेर दर्शन गरेका छन्।
सभापति लामिछानेसहित सांसदद्वय विपिन आचार्य, दीपक बोहरा, रविपत्नी निकिता पौडेलले अयोध्या पुगेर दर्शन गरेको उनको सचिवालयले जानकारी दिएको छ।
भारतीय जनता पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा सभापति लामिछाने भारत भ्रमणमा छन्।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भाजपा अध्यक्ष नितिन नविन, गृहमन्त्री अमित साहसँग शिष्टाचार भेट गरिसकेका छन्। लखनौलगायतका स्थान पुगेर विभिन्न कार्यक्रममा सहभागी भएका लामिछाने आजै स्वदेश फर्कनेछन्।





-1780627047.jpeg)


