राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखा अध्यक्षमा रमेशरमण खनाल निर्विरोध चयन भएका छन्।
आज भएको जिल्ला अधिवेशनबाट खनाल अध्यक्षमा चयन भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
महाधिवेशन उद्घाटन अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका थिए।
‘राप्रपा गोरखाको जिल्ला अधिवेशनबाट अध्यक्षमा रमेशरमण खनाल निर्विरोध निर्वाचित हुनुभएको छ। यसैगरी विधान अनुसारको कार्यसमिति पनि निर्विरोध निर्वाचित भएको छ,’ उनले भने।