राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीको प्रथम जिल्ला अधिवेशनबाट महेन्द्र प्रसाद उपाध्याय चापागाईंको नेतृत्वमा जिल्ला समिति निर्वाचित भएको छ।
आइतबार सम्पन्न मतदानबाट चापागाईंको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
जसको उपसभापतिमा दुर्गा प्रसाद खनाल, सचिव ज्ञानेन्द्र पाण्डे तथा सहसचिव बाबुराम अर्याल निर्वाचित भएका छन्।
अधिवेशनबाट शर्मिला आचार्य, अनिता पन्थी, जमुना सापकोटा, प्रेम विश्वकर्मा र पवित्रा कुमारी निषाद सदस्यमा निर्वाचित भएका छन्।
त्यस्तै अधिवेशनले क्षेत्रीय संयोजकहरू पनि चयन गरेको छ।
जसअनुसार क्षेत्र नं. १ मा खडा नन्द पौडेल, क्षेत्र नं. २ मा विष्णु प्रसाद पौडेल, क्षेत्र नं. ३ मा छविलाल शर्मा, क्षेत्र नं. ४ मा विश्वनाथ शर्मा तथा शेषकान्त गैह्रेलाई क्षेत्रीय संयोजक तोकिएको निर्वाचन समितिले जनाएको छ।
जिल्ला कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन मार्फत नेतृत्व चयन भएको हो।
नेतृत्वका लागि सभापतिमा आशिष न्यौपाने, उपसभापतिमा रचना क्षेत्री, सचिवमा मोहन विक्रम जिसी र सह सचिवमा प्रेम नारायण तिवारीको पनि उम्मेदवारी परेको थियो।