राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुने भएका छन्। स्वास्थ्यका कारण प्रचण्ड सहभागी हुन नसक्ने उनको सचिवालयले जानकारी दिएको छ।
‘उहाँ ठीक भइसक्नुभएको छैन, औषधि पनि सकिएको छैन। नियमित भेटघाट, पार्टीका गतिविधिमा पनि सहभागी हुनसक्नुभएको छैन,’ प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।
रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन सहभागी हुने भएका छन्।
‘सत्तारूढ दलको नेताले बोलाएको बैठकमा सहभागी नहुने भन्ने कुरा हुँदैन। यो राम्रो सुरूआत हो। यसमा सहभागी हुने नै नीति हो। तर स्वास्थ्यका कारण प्रचण्ड सहभागी हुनुभएन,’ आचार्यले भने।
सभापति लामिछानेले बोलाएको बैठक सिंहदरबारस्थित लेखा समितिको हलमा सुरू हुँदैछ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा पनि सहभागी हुने छैनन्।
दलका नेता भीष्मराज आङ्देम्बे सहभागी हुनेछन्।