प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
आजको बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए। सभामुखले दलीय आधारमा बोल्न समय दिएका थिए। प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताएका थिए।
प्रधानमन्त्री बालेन शाहले 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएका थिए।