प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ।
विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। सो समय सकिँदा पनि बैठक बस्न सकेन र सूचना टाँस गरेर मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
२०८२ फागुन २१ को निर्वाचनपछिको यो नयाँ प्रतिनिधि सभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो।
प्रधानमन्त्री बालेन शाहले 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएपछि प्रमाण पेस गर्न वा उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी दलहरूले माग गर्दै आएका छन्।
रास्वपाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेको र आवश्यक परे परराष्ट्र मन्त्रीले पनि थप प्रष्ट पार्ने बताए पनि विपक्षी दलहरूले अडान नछाड्दा बैठक चल्न सकेको छैन।
