नेकपा (एमाले) लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलवस्तुका नवराज लामिछाने नियुक्त भएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार एमाले लुम्बिनी प्रदेश सभाको विधान अनुसार प्रमुख सचेतकमा मगर र सचेतकमा लामिछानेलाई नियुक्त गरेका हुन्।
दुवै जनालाई २०८३ जेठ २५ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको हो।
यसअघि प्रमुख सचेतक रूपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका मगर थिए।
चौधरीले सोमबार नै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको शपथ ग्रहण गरेका थिए।
त्यस्तै, सचेतक रहेकी रोका मगर प्रमुख सचेतकमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो ।