मन्त्रिपरिषदको आजको बैठकले निवर्तमान गृहमन्त्री सुधन गुरूङमाथि भएको छानबिनको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको जानकारी दिए।
‘छानबिन प्रतिवेदन फाइल ग्रहण गर्ने निर्णय भएको छ, अध्ययन होला,’ उनले भने।
गुरूङलाई पुन: गृहमन्त्री बनाउने विषयमा भइरहेको चर्चाबारे जिज्ञासा राख्दा सरकार प्रवक्ता पोखरेलले त्यसबारे अहिले छलफल नभएको प्रतिक्रिया दिएका छन्।
सम्पत्तिलगायत विषयमा विवादमा परेपछि गुरूङले २७ दिनमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए भने उनीमाथि छानबिन गर्न सरकारले समिति गठन गरेको थियो।