नेपाली कांग्रेसको संशोधित विधानमा जेनजी आन्दोलनलाई पनि समावेश गरिएको छ।
२०८२ साल भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो।
कांग्रेसले गत पुसमा भएको विशेष महाधिवेशनमा संशोधन गरेको विधानमा जेनजी आन्दोलनका विषय पनि समावेश गरेको हो।
‘२०८२ साल भदौ २३ र २४ गते नेपालको नवयुवाहरूको आह्वानमा भएको विद्रोहमा प्रकट भएको सुशासन, भ्रष्टाचारमुक्त राज्य संरचना, युवा प्रतिनिधित्व र परिवर्तनको भावनालाई मनन गर्दै...’ विधानको प्रस्तावनामै लेखिएको छ।
साथै कांग्रेसको स्थापनाकालदेखिका मुख्य मुख्य राजनीतिक घटनाक्रम पनि उल्लेख छ।
कांग्रेसले यही संशोधित विधानअनुसार नै १५ औं महाधिवेशन गर्नेछ।