राप्रपा काठमाडौं जिल्ला कार्यसमिति अध्यक्षमा दीपक केसी निर्वाचित भएका छन्।
जिल्ला निर्वाचन समिति संयोजक रामकुमार बस्नेतका अनुसार केसी जिल्ला अध्यक्ष निर्वाचित भएका हुन्।
आज काठमाडौंमा अधिवेशन थियो।
केसीले ३९० मत प्राप्त गरी बिजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी ऋद्धिप्रताप राणाले २२० मत प्राप्त गरेका थिए भने अर्का उमेदवार प्रमोद पौडेलले ३४ मत प्राप्त गरेका छन्।
केसी राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वसंयोजक हुन्। उनी अध्यक्ष राजेन्द्र लिङ्देननिकट मानिन्छन्।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौं अधिवेशन भएसँगै राप्रपाको जिल्ला अधिवेशन भएको संख्या ५४ पुगेको छ।