नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति संयोजक तारामान गुरूङले पदबाट राजीनामा दिएका छन्।
चेक बाउन्स कसुरमा उनी हालै आठ दिन हिरासत बसेर छुटेका थिए। यो घटनापछि उनलाई अनुशासन समितिबाट हट्न नेताहरूको दबाब थियो।
गुरूङविरूद्ध तीन जनाले चेक बाउन्समा उजुरी दिएका थिए। तीनै जनाको रकम बुझाएपछि उनी रिहा भएका थिए।
संयोजक गुरूङ आइतबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि सहभागी थिए।
गुरूङले केन्द्रीय अनुशासन समिति संयोजक पदबाट राजीनामा दिएको सभापति गगन थापाले आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा जानकारी गराएका थिए।