नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समितिले गोरखा जिल्ला संयोजक तोकेको छ।
संयोजक पूर्वमहामन्त्री शशांक कोइरालाले गोरखामा अधिवेशन गराउने गरी नेता भूगोल थापालाई जिल्ला संयोजक तोकेका हुन्।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले असोज १५ गते वडा अधिवेशन गर्दैछन्। वडादेखि जिल्ला अधिवेशनसम्मका गतिविधि सञ्चालन गर्न कोइरालाले थापालाई संयोजक तोकेका छन्।