दाङको घोराहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १८ गिठेपानी निवासी ५० वर्षीय देउचन रोकाको मानव निर्मित पोखरीमा डुबेर मृत्यु भएको छ।
रोका शनिबार बिहान तालमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।
शुक्रबार कृष्ण जन्माष्टमीको अवसरमा गाउँघरमा हुने नाच हेर्न भनि रोका घरबाट हिँडेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ।
रातको समयमा नाच हेरेर घरतर्फ फर्कने क्रममा रोका तलाउमा डुबेको हुन सक्ने आशंका गरिएको छ।