माइतीघर मण्डलमा अनशन बसेका निकोलस भुसालको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल पुर्याइएको छ।
९ दिनदेखि माइतीघरमा अनसन बसिरहेका भूसालको बुधबार दिउँसो स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्याइएको हो।
उनलाई चिकित्सक संघका पहलमा उपचारका लागि लगिएको हो।
भूसाललाई भर्ना गरेर स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको वीर अस्पतालका निर्देशक दिलिप शर्माले जानकारी दिए।
'अस्पताल ल्याएको एक घन्टा भयो। भर्ना गरेर चेकजाँच भइरहेको छ,' शर्माले भने।
प्रधानमन्त्रीको राजीनामा, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलन क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने लगायतका माग राखेर अनसन बसिरहेका छन्।