डार्क फाइलमार्फत् न्यायाधीशमाथि विभिन्न आरोप लगाउने राजकुमार तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार दिउँसो पोखराबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको स्रोतले बतायो।
उनले पछिल्लो समय सर्वोच्च अदालतका न्यायाधीशहरूलाई लक्षित गरी विभिन्न आरोप लगाउँदै आएका थिए। यसअघि फेक अडिओ संवाद एक मिडियालाई दिएर अदातलको अवहेलना गरेको भन्दै उनीविरूद्ध मुद्दा चलेको थियो।
६ महिना कैद सजाय तोकिएका उनी भदौ २४ गते कारागारबाट फरार भएका थिए।