सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ स्थित बलेफी हाइड्रोपावरको इन्टेक क्याम्पमा ढुंगा खस्दा एक जना कामदारको घटनास्थलमै मृत्यु भएको छ।
लिदी भीरबाट आइतबार बिहान ढुंगा खस्दा बर्दिया बराइयापाल गाउँपिका-१ का ३१ वर्षीय अनिल विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
ढुंगाले लागेर अन्य सात जना घाइते रहेको सिन्धुपाल्चोक प्रहरीले जनायो।
उनीहरू सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।