नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यका बाहिर जनकपुर र पोखरामा भइरहेको साग खेलकुदको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण भ्रमण गरेका छन् । गत शुक्रबार जनकपुर पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका खनाल आइतबार पोखरा पुगेर साग खेलकुदका सुरक्षाबारे राखेपका पदाधिकारी र सुरक्षा निकायका अधिकारीहरुसँग जानकारी लिएका हुन् ।
सो क्रममा खनालले विहान सुरक्षा र खेलकुदमा पदाधिकारीसँग विहान अन्तर्क्रिया गरे।
कार्यक्रमममा उनले साग खेलकुदमा सुरक्षा मजबुत बनाउन निर्देशन दिए। 'यत्तिका दिनसम्म हामीले सुरक्षा गर्दा कहाँ कठिनाइ आइपरेको छ, त्यसलाई पनि सुधार्दै अघि बढ्नुपर्छ,' आइजिपी खनालले भने।
खनालले आइतबार नै वीच भलिवल, बास्केटबल र ह्याण्डबल खेलिने स्थानको अवलोकन पनि गरे। उनले सागका सहभागी हुन आएका श्रीलंकन खेलाडीहरुलाई भेटेर सुरक्षाका बारेमा संक्षित कुराकानी समेत गरेका थिए।