काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१२ कपन खरिबोटबाट रेड पाण्डाको छालासहित चार जना पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो साढे तीन बजे छालासहित चार जनालाई पक्राउ गरेको हो।
प्रहरीले काठमाडौंको कपन खरिबोटमा दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला अवैध रूपमा ओसारपसार गरी विक्री/वितरण गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान थालेको थियो।
सिन्धुली तीनपाटन गाउँपालिका-४ का ३९ वर्षीय सूर्य बहादुर भुजेल, धादिङ धुनिबेंसी नगरपालिका-७ झाप्रेका ४० वर्षीय सुक बहादुर लामा, कास्की मादी गाँउपालिका-८ तारकाङका २७ वर्षीय युवराज सापकोटा र बुढानिलकण्ठ नगरपालिका-१३ की ४० वर्षीया कमला तामाङ पक्राउ परेका छन्।
सोमबार उनीहरूको खोजतलास गर्दै जाँदा कपन खरिबोटमा उनीहरू फेला परेका थिए।
प्रहरीले उनीहरूको खानतलासी गर्ने क्रममा सूर्यबहादुर भुजेलले बोकेको ब्यागमा रेड पाण्डाको छाला भेटिएको थियो।
प्रहरीले आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय, हात्तीसार, काठमाडौं पठाएको छ।