ललितपुरको हात्तीवनस्थित सेतीपाखामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्।
बिहीबार सेतीपाखामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ।
घाइते तिर कुमारी सुनारलाई उपचारका लागि ललितपुरस्थित पाटन अस्पतालमा लगिएको परिसरका एसएसपी टेक प्रसाद राईले बताए।
'चितुवा आएर एक जनालाई घाइते बनाएको रहेछ,'एसएसपी राईले भने,'अहिले एउटा घरमा पसेको भन्ने खबर प्राप्त भएको छ।'
प्रत्यक्षदर्शी स्थानीय संगीता श्रेष्ठले भने तीन जना घाइते भएका र चितुवा घरबाट पनि निस्किसकेको बताएकी छिन्।
'तीन जनालाई पञ्जाले हानिसकेको छ म पनि डरले भागेर घर आएँ,'संगीताले भनिन्,'उनीहरूलाई अस्पताल लगिसकेको छ।'
दुई जनाको पहिचान हुन सकेको छैन।