तुलसीपुर उपमहनगरपालिका वडा नं. ६ का ४५ वर्षीय राजेन्द्र केसीलाई प्रहरीले पक्राउ गरेको छ।
दाङ देउखुरी जिल्ला अदालतले २०७५ साल फागुन ७ गते केसीलाई लेनदेन मुद्दामा दोषी ठहर गर्दै १४ लाख ८० हजार जरीवानाको फैसला गरेको थियो।
त्यसपछि फरार रहँदै आएका केसीलाई मंगलबार दिउँसो साढे १ बजेतिर मालपोत कार्यालय तुलसीपुर नजिकै हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए
पक्राउ परेका केसीलाई बुधवार अदालतमा उपस्थित गराइको प्रहरीले जनाएको छ ।