पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ५५ जनाको मृत्यु भएको छ।
विगत २४ घण्टामा ५५ जनाको कोभिड- १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एकैदिन कोरोनाबाट यति धेरै मृत्यु भएको पहिलो पटक हो।
यसअघि गत बिहीबार एकै दिन ३५ जनाको मृत्यु भएको थियो।
हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ। त्यस्तै २ लाख ८७ हजार ७९० जना कोरोना लागेर निको भएका छन्।
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन्। आज ७ हजार ६६० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।