काठमाडौं उपत्यकामा थप ३३४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार उपत्यकामा मात्रै थप ३३४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
त्यसमध्ये काठमाडौंमा २५४५, ललितपुरमा ४७४ र भक्तपुरमा ३२८ जना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ४९६१ जनामा संक्रमण पुष्टि भएको छ।
१५ हजार १३१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। योसँगै देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन्।
यसको संक्रमणबाट थप तीन जनाले ज्यान समेत गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार ४३५ जना संक्रमित निको भएर घर समेत फर्किसकेका छन्।