सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आइतबार बिहान अन्दाजी १० बजे बोदेबर्साइन नगरपालिका-३ सारसर पुर्वारी टोलस्थित भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
सारसरबाट धनगढी तर्फ जाँदै गरेको प्र-२-०१-००१ त २५१७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर बाटोमा पल्टिएको हो। उक्त दुर्घटना हुँदा चालक धनगणीका २२ वर्षीय पंकज यादवको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९, १५:१४:५९