जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार १३ वटा जिल्ला भई बहने नदी, खोलाको जल सतह बढ्ने प्रक्षेपण गरेको छ।
उसले बिहान ७ बजे नियमित बुलेटिन निकालेर संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ जिल्ला भएर बहने नदीको जल सतह बढ्ने अनुमान गरेको हो।
त्यस्तै उसले गोरखा, लम्जुङ, कास्की, सल्यान, रूकुम पश्चिम, डोटी, डँडेलधुरा आसपास भई बहने नदीको पनि सतह बढ्ने अनुमान गरेको छ।
अहिले बिहान साढे ८ बजे कैलालीको टीकापुर आसपासमा भारी वर्षा भइरहेको महाशाखाले बताएको छ।
टीकापुरमा पछिल्लो तीन घन्टामा १२० मिलिमिटर वर्षात् मापन गरिएको छ।