बुटवलको तिनाउ पुल नजिक एक युवक मृत फेला परेका छन्।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक आइतबार विहान मृत फेला परेका हुन्।
तिनाउ नदिमा डुबेको अवस्थामा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
अहिले शवलाई नदिबाट निकाली पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।
घटनाबारे थप अनुसन्धान शुरु गरिएको उनले बताए।