खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ सल्लेमा विद्यालयको अगुवाइ करिब ४ किलोमिटर सडक मर्मत गरिएको छ।
निरन्तरको वर्षातका कारण जीर्ण भएको सडक सल्लेपोखरी–महादेव खोला दोभान सडक जनता माध्यमिक विद्यालयको अगुवाइमा जनश्रमदानबाटै मर्मत गरिएको हो।
सल्लेपोखरीबाट जयरामपाखा हुँदै दोभानसम्मको सडक सहज रुपमा सवारी सञ्चालन गर्न सकिने गरी मर्मत गरिएको विद्यालयका शिक्षक लक्ष्मीप्रसाद खनालले जानकारी दिए।
मर्मत कार्यमा हलेसी तुवाचुङ नगरपालिका जनप्रतिनिधि, जनता माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीयवासी, वद्धिजिवी, वडा सचिव चित्र राना, कर्मचारी लगायतको सहभागिता रहेको थियो।
शिक्षकले शिक्षण पेशामात्र नगरेर समाज परिवर्तनको संवाहकको रुपमा समेत काम गर्न सकिने उदाहरण पेश गर्न समेत विद्यालयले अभियान थालेको शिक्षक खनालले बताए।